शुक्रबार, २७ असार २०८२

एभरेष्ट इन्स्योरेन्सको नाफा १२६.२५ प्रतिशतले वृद्धि, बीमा शूल्क पनि २२.३३ प्रतिशतले वृद्धि

समयपोष्ट २०७६ माघ २१ गते १८:१०

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफामा तीन करोड १७ लाख रुपैयाँ अर्थात १२६.२५ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्ष यसै अवधिमा इन्स्योरेन्सले दुई करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ। यो गत आवको यसै अवधिको तुलनामा २२.३३ प्रतिशतले बढोत्तरी भएको हो। गत वर्षको यसै अवधिमा इन्स्योरेन्सले १८ करोड ८० लाख रुपैयाँ खुद बीमा शूल्क आजर्न गरेको थियो।

इन्स्योरेन्सले पुर्नबीमा कमिशनबाट ६ करोड ५२ लाख, लगानी कर्जा तथा अन्य आयबाट एक करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ।

Advertisement

समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले ५१ हजार ५५८ बीमालेख जारी गरी ४८ करोड ६२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ।  कम्पनीले दुई हजार ३ सय १४ दाबी वापत ९ करोड २५ लाख रुपैयाँ बराबरको भुक्तानी गरेको छ भने २ हजार ७ सय ८४ दाबी वापत एक अर्ब १४ करोड ६६ लाख रुपैयाँ बराबरको रकम भुक्तानी गर्न बाँकी रहेको छ।

चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा १६ करोड ९६ लाख रुपैयाँ, र बीमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ३९ पैसा छ। प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात ३०.८९ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री