शनिबार, ५ जेठ २०८१

डिजिटल बैंकिङमा एनआईसी एशिया बैंकको छलाङ्ग

समयपोष्ट २०७८ माघ ३ गते १८:१३

Advertisement

“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ अघि बढेको एनआईसी एशिया बैंकले आफ्ना डिजिटल सेवालाई पनि परिस्कृत गर्दै लगेको छ ।

ग्राहकको सर्वोपरि हित तथा अधिकतम लाभलाई बिशेष ध्यान दिंदै आएको उक्त बैंकले अहिले परिवर्तित समयसंगै डिजिटल बैंकिङ सेवालाई पनि परिस्कृत गर्दै लगेको हो ।

बैंकले भौतिक रुपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रुपमा उपभोग गर्न मिल्ने हिसाबले iServe प्लाटफर्मको विकास गरी NIC ASIA MoBank तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरिरहेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेका अनुसार iServe मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन/पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र Stop Cheque Payment), टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, Debit Card Replacement आवेदन र Insta Buy) ग्राहक महानुभावहरूले सरल तरिकाले लिन सक्छन् ।

बैंकले मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा (Cardless Withdrawal) को सुबिधा पनि दिएको छ । नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेका अनुसार बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्छन् ।

Advertisement

आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, IPO आवेदन, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्छन् ।

बैंकको यो नवीनतम सुविधा प्रयोग गर्नका लागि यस बैंकको NIC ASIA MoBank प्रयोगकर्ता महानुभावहरूले एप भित्र रहेको Cardless Withdrawal आइकनमा ट्याप गरेर त्यसभित्र आफुले निकाल्न चाहेका रकम उल्लेख गरेर Transaction PIN वा Fingerprint राखेर Verify गरेपश्चात् आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा OTP प्राप्त गर्दछन् र ग्राहकले आफुलाई प्राप्त सोही OTP एटिएमको स्क्रीनमा रहेको Cardless Transaction भित्र गई आफुले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी Withdrawal आइकनमा थिचेपश्चात् इच्छाएको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको छ ।

Digital First को रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहक महानुभावलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले Self Help बैंकिङ्गको अभ्यासलाई NIC ASIA MoBank प्लाटफर्ममार्फत अघि बढाईरहेको छ । जसअनुसार ग्राहक महानुभावहरूले NIC ASIA MoBank प्रयोग गरी आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिट्यान्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसि/एनसेल टपअप, युटिलीटि बिल भुक्तानी, IPO आवेदन, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले लिन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री