शनिबार, १५ वैशाख २०८१

पर्वतमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ माघ २ गते १२:५६

Advertisement

अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले पौष २८ र २९ गते पर्वत जिल्लाको जलजला गाऊपालिका वडा नं. ७, धाइरिङमा घु घुम्ती बीमा सेवा कार्यक्रम गरेको हो ।

जलजला गाऊपालिका वडा नं. ७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गर्नु भएको थियो । कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो र सो कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्स लिमिटेडका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री