१ हजार रुपैयाँको नयाँ नोट छाप्ने सरकारको निर्णय, गभर्नर पौडेलको हस्ताक्षर रहने
समयपोष्ट
२०८२ असार ३२ गते १५:०४
नेपाल सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरसहितको नयाँ नोट प्रकाशनका लागि स्वीकृति प्रदान गरेको हो।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा भनिएको छ, “नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशित गर्नका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने।” यो निर्णयले नयाँ नोटको डिजाइन र प्रकाशन प्रक्रियालाई अगाडि बढाउने बाटो खुलेको छ।
प्रतिक्रिया