बिहीबार, १३ वैशाख २०८१

कान्तिपुर डेण्टल कलेजका बिद्यार्थी आन्दोलनमा,बिद्यार्थी भन्छन् : सिडिएसनै कोल्याप्स हुँने खतरा बढ्यो

समयपोष्ट २०७४ माघ १२ गते ८:३५

बसुन्धारा स्थित कान्तिपुर डेण्टल कलेज सर्टिफिकेट ईन डेण्टल साईन्सका विद्यार्थीहरुले आज पठनपाठन ठप्प पारेका छन् ।

Advertisement

सिटीईभिटीईले बिद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्दै लग बुकमा भएको भन्दा कम र भिन्न पाठ्याक्रम ल्याउँदा समेत कलेजले ब्यवास्ता गरेको भन्दै बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल डेण्टलसाईन्स स्टुडेण्ट एसोसिएसनका अध्यक्ष मनिश कार्कीले सिडिएसको लग बुकमा भए अनुसारको करिकुलम राख्नुपर्ने, पाठ्यक्रममा नभएका थप्नुपर्ने तर पाठ्यक्रमनै परिवर्तन गर्ने कुरा आफुहरुलाई मान्य नभएको बताए ।

बिद्यार्थीहरुले कलेज प्रशासनलाई कलेजको तर्फबाट बिज्ञ पठाएर त्यस बिषयमा छलफल गर्न बारम्बार आग्रह गर्दा पनि कलेजले छलफलमा बिज्ञ नपठाएको भन्दै उनले आक्रोस  पोखे । त्यसको लागि कलेजले बिद्यार्थीहरुलाई असहयोग गरेको उनको आरोप छ ।

यसअघि पनि कलेजले बिद्यार्थीले राखेका कुनै पनि मागहरु पुरा नगरेको उनले दाबी गरे ।

उनले तीन तीन ओटा कलेजको जिम्मेवारी बोक्ने कलेज प्रशासनले बिद्यार्थीहरुलाई लाभदायी हुँने कुरा करिकुलममा लेखाउँन दबाब दिनुपर्यो भन्दा बेवास्ता गरेर ग्रैह जिम्मेवारीपन देखाएको आरोप लगाए ।

करिकुलम घट्दा सिडिएसनै कोल्याप्स हुँने स्थिती आउँने भन्दै उनले सो बिषयमा गम्भिर बन्न कलेज प्रशासनलाई आग्रह गरे ।

शुक्रबार बिद्यार्थीहरुले पठनपाठन ठप्प पार्दै कलेज प्रांगणमा नाराबाजी गर्दै कलेज प्रशासनलाई दबाब दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री