लकडाउनमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’
बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन् गरिन् । पहिला पुरुष थिए । अहिले महिला बनिन् । दोहोरो जिन्दगी बाँच्नु पर्दा उनले थुप्रै हैरानी बेहोर्नु परेको अनुभव छ उनको । ‘म महिला हुँ कि पुरुष आफैंलाई प्रश्न गर्थेँ तर, उत्तर भेटेको थिइन । यसपालीको लकडाउनमा मलाई महसुस् भयो म को हुँ अनि लिंग परिवर्तन गर्ने निर्णय गरेँ ।’ उनले भनिन् ।
उनले बलिउडका अभिनेत्री दिपिका पादुकोण, कट्रिना कैफ, करिना कपुर, अनुष्का शर्मा, श्रद्धा कपुर, सन्नी लियोनीलगायतको फेशन डिजाइन गरेकी छिन् । उनले केही दिन पहिलो आफ्नो इन्स्टाग्राम एकाउन्टमा भावुक पोष्ट गर्दै नयाँ पहिचानको बारेमा जानकारी दिएकी थिइन् । बिबिसीसंग कुरा गर्दै उनले भनेकी छिन् ‘म अब एक ट्रान्सवुमन हुँ, साँच्चै भन्ने हो भने आम मान्छेलाई अझै यकिन भैसकेको छैन म सायशा सिन्दे भएको । वर्षौदेखी मलाई स्पप्निल भनेर बोलाइरहेकाहरुले फेरि त्यहि नामले बोलाउन सक्छन् अब पुरानो नामले मेरो ध्यान खिच्ने छैन ।’
३९ वर्षिया सायशालाई ६ वर्षको हुँदा थाहा थियो आफुलाई जनरल आइडेन्टिटी डिस्फोरिया भएको । सानो हुँदा उनले आफ्नै वारेमा पनि धेरै कुरा थाहा पाउन सकिनन्, परिवारका सदस्यलाई आफ्नो समस्यावारे भन्ने अवस्था पनि थिएन । जब ठूलो हुँदै गइन्, समलिंगी पुरुषसंग उनको परिचय भयो ।
लिंग परिवर्तनपछि उनले आफ्नो स्वास्थ्य स्थितीका वारेमा पनि निकै चनाखो हुनु परेको बताइन् । खानपानदेखी अन्य औषधी समेत डक्टरको निगरानीमा मात्रै खानु पर्ने उनको भनाई छ ।
प्रतिक्रिया