बिहीबार, ५ असार २०८२

१४ औं सन्तानका पिता बने एलन मस्क

समयपोष्ट २०८१ फागुन १८ गते १५:५१

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीसमेत रहेका विश्वका एक नम्बर धनाढ्य व्यक्ति एलन मस्कले १४ औं सन्तानको पिता बनेका छन् । पत्नी सिभोन जिलिसबाट उनलाई हालै पुत्रलाभ भएको छ । मस्कको पत्नी, क्यानेडाली नागरिक र न्यूरोलिंककी निर्देशक सिभोन जिलिसबाट उनलाई नयाँ पुत्रलाभ भएको छ।

जिलिसले आफ्नो ट्विटर (एक्स) खातामा यो खुशीको खबर साझा गर्दै लेखेकी छन्, “हाम्रो नयाँ उपलब्धी! हाम्रो चौथो सन्तान, पुत्र सेल्डन लिकर्गुस जन्मेका छन्।” यसैगरी, मस्कले रिप्लाइ गर्दै लभ इमोजी राखेका छन्। यो नवजात बच्चा मस्क र जिलिसको चौथो सन्तान र दोस्रो छोरा हो।

मस्ककी पहिलो पत्नी जस्टिन विल्सनबाट ६ सन्तान, पूर्व प्रेमिका ग्रिम्सबाट ३ सन्तान, जिलिसबाट ४ सन्तान र लेखक एस्ली सेन्ट क्लेयरबाट १ सन्तान जन्मेका छन्।

नवजात बच्चाको जन्म मस्क र जिलिसको जीवनमा एउटा नयाँ अध्यायको सुरुआत हो। जनवरीमा २८, २०२४ मा मस्क र जिलिसको तेस्रो सन्तान अर्काडिया जन्मिइन्, जसको जन्मदिन मनाउने साथ ही जिलिसले चौथो सन्तानलाई जन्म दिएकी छन्।

Advertisement

यही बीच, मस्कलाई १३ औं सन्तानको बाबु बनेको ६ महिना पनि भएको छैन। एस्ली सेन्ट क्लेयर, जसबाट मस्कको १३ औं सन्तान जन्मेको थियो, उनले गत फेब्रुअरीमा यो खबर सार्वजनिक गरेकी थिइन्।

यद्यपि, मस्क र सेन्ट क्लेयरका बीचको बच्चाको कस्टडीबारे अदालतले आगामी मे २९ मा सुनवाइ तय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री