विवाह मण्डपमै पब्जी खेलिरहेका थिए बेहुला, उपहार दिदाँ मोवाइल छेकिएपछि देखाए यस्तो हर्कत (भिडियो)
समयपोष्ट
२०७६ वैशाख २२ गते ११:३१
भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ । तर भारतकै एक स्थानको एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ आफ्नै विवाह समारोहमा समेत बेहुलाले कसैको प्रवाह नगरी मोवाइमा पब्जी खेलिरहेका छन् ।
विवाह समारोहमा खिचिएको टिकटक भिडियोमा बेहुलाले पब्जी खेल खेलिरहेको देख्न सकिन्छ ।
सार्वजनिक भिडियोमा ती बेहुलामा कति पब्जी खेलको लत छ भन्ने प्रष्ट देख्न सकिन्छ । सारा मानिसलाई वेवास्ता गर्दै पब्जी खेलिरहेका छन् । उनले आफ्नो छेउमा बसेकी बेहुलीलाई समेत ध्यान दिएका छैनन् ।
टिकटक भिडियो खिच्ने व्यक्तिले उनको नजिक गएर मोबाइललाई छोप्न खोज्छन् । ती बेहुलाले हतार हतार उनलाई हटाउँछन् । त्यसबेला बेहुली भने बेहुलाले चलाएको मोबाइल टुलुटुलु हेरिरेहेकी हुन्छिन् ।
प्रतिक्रिया