ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बीच सम्झौता
ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्प राज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरे ।
सम्झौता भएसंगै त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकमहरु दैनिक रुपमा संकलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विद्मार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा प.नि.का. मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउनेछ ।
सरकारी कार्यालयहरुको आर्थिक कारोबर बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि. ले देशभरका विभिन्न १५ वटा सरकारी कार्यालयहरुमा आफ्नो कार्यकक्ष स्थापना गरेर कारोबार संचालन गर्दै आएको छ । हाल बैंकले बिभिन्न सरकारी कार्यालयहरु, उद्योग विभाग, बिभिन्न यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालयहरु, मालपोत कार्यालय लगायतका बिभिन्न १५ बटा सरकारी कार्यालयमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया