नेपाली नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई
समयपोष्ट
२०७५ फागुन २१ गते १६:१६
नेपाल राष्ट्र बैंकले २३ करोड थान ५० रुपैयाँको नयाँ नोट छाप्ने जिम्मा एक फ्रान्सेली कम्पनीलाई सुम्पिएको छ।
बैंकले ४७ लाख ७२ हजार ५ सय युरोमा २३ करोड थान ५० रुपैयाँको नोट छाप्न लागेको हो ।
नयाँ नोट ७ देखि ८ महिनाभित्र छापिएर नेपाल आइपुग्ने राष्ट्र बैंकले जनाएको छ। बैंकले नयाँ नोटको डिजाइन परिवर्तन नगरिएको जनाएको छ।
प्रतिक्रिया