प्रभु बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय
प्रभु बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
आइतबार बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारणसभाले गत आर्थिक बर्षको २०७४÷७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरेको छ ।
साधारणसभाले संस्थापक समूह तर्फ कायम रहेको ६१.३१ प्रतिशत र सर्वसाधारण समूह तर्फ कायम रहेको ३८.६९ प्रतिशतको शेयर संरचना परिवर्तन गरी संस्थापक समुह तर्फ ५५ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
८ प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय गरे बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया