कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता
समयपोष्ट
२०७५ फागुन ८ गते २०:३६
कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा बुधबार कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया