सोमबार, ५ साउन २०८२

सिटिजन्सको बैंकिङ सफ्टवेयर

समयपोष्ट २०७५ माघ २२ गते ७:१२

समयपोष्ट , काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई सहज तथा सुलभ तवरले अत्याधुनिक बैंकिङ सेवा सुविधा प्रदान गर्न भन्दै नया बैंकिङ सफ्टवेयरको प्रयोग शुरु गरेको छ ।

वैंकले कोर बैंकिङ सफ्टवेयर फाइनाकल भर्जन १०.२.१८ लाई प्रतिस्थापन गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बैंकका सञ्चालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको सफ्टवेयर लग इन गरी सुचारु गरेका हुन् ।

हाल प्रयोग गर्दै आएको पुमोरिलभी प्लसबाट दक्षिण एसियाकै प्रसिद्घ इन्फोसिस कम्पनीका फाइनाकल कोर बैंकिङ सफ्टवेयर भर्जन १०.२.१८ मा प्रतिस्थापन गरिएको हो । विश्वको करिब ४५ वटा मुलुकमा यो अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ भने नेपालका अन्य वाणिज्य बैंकले पनि यो प्रविधिको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री