बुधबार, १९ वैशाख २०८१

एन आई सी एशिया बैंक र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

समयपोष्ट २०७५ पुष १५ गते १२:५०

Advertisement

एन आई सी एशिया बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।

यस सम्झौतासंगै बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको २७० वटै शाखाबाट सहज रुपमा सानिमाको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

हाल बैंकले २७० शाखा कार्यालयहरु, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री