बिहीबार, २६ असार २०८२

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा तीन जना सिफारिस

समयपोष्ट २०८२ असार २३ गते १६:३३


राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षका लागि तीन जनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ। सरकारले गठन गरेको अध्यक्ष नियुक्ति सिफारिस समितिले पाँच जना आवेदकमध्ये डा. खगराज शर्मा, अर्जुन पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको हो।

Advertisement

सिफारिस समितिले आवेदकहरू– डा. खगराज शर्मा, अर्जुन पोखरेल, नारायण पौडेल, अनिल पौडेल, डा. हरि कुमार नेपाल र परितोष पौडेलमध्येबाट तीन जनालाई छनोट गरेको हो।

डा. खगराज शर्मा तत्कालीन राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव रहेका शर्मा नेकपा (एमाले) को सहकारी विभागका सदस्य पनि हुन्। उनको सहकारी क्षेत्रमा लामो अनुभव छ।

अर्जुन पोखरेल नेपाल सरकारका पूर्वसचिव पोखरेलले प्राधिकरणको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनी सचिवकै हैसियतमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् र एमालेसँग निकट मानिन्छन्।

नेपाल राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक पौडेलले अवकाशपछि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका छन्। उनी नेपाली काँग्रेसनिकट मानिन्छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री