शुक्रबार, २ साउन २०८२

सहयोगी विकास बैंकले महिन्द्राको तीन पांग्रे टेम्पु खरीदमा ७० प्रतिशत्सम्म कर्जा दिने

समयपोष्ट २०७५ मंसिर ४ गते ८:०२

महिन्द्रा ब्राण्डको तीन पांग्रे टेम्पु (सवारी साधान) मा सहयोगी विकास बैंक लिमिटेडले ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने भएको छ । सोमबार
जनकपुरमा रहेको अशोक ट्रेडर्स र महागणपति अटो सेल्स प्रालिसँग यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल, अशोक ट्रेडर्सका प्रोपाइटर आशिष शाह र माहागणपति अटो सेल्सका प्रोपाइटर दिपेन्द्रकुमार दासले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अशोक ट्रेडर्स र माहागणपति अटो सेल्सले विक्री गर्ने तीन पांग्रे टेम्पु (सवारी साधान) लाई ट्रेडर्सले सिफारिस गरे अनुसार बैंकले रित पुर्याई ६० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ।

तर कर्जाको लागि ग्राहकहरुले घर जग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ।कर्जा अवधि तीन बर्षसम्म मात्र रहने छ। लगानीपछि ऋणी असूलीमा समस्या आएमा टेम्पो विक्रेता संस्थाले सघाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री