सोमबार, ५ साउन २०८२

पर्वतको ज्ञादीमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा

समयपोष्ट २०७५ असोज ११ गते १३:१९

मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा शुरुवात गरेको छ ।

कुश्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीस्थित साइकलचोकमा कुश्मा नगरपालिकाका वडा अध्यक्ष कृष्णप्रसाद लामिछाने र मेगा बैंक कुश्मा शाखाका प्रबन्धक उमाकान्त तिवारीले संयुक्त रुपमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

वडा अध्यक्ष लामिछानले पर्बत जिल्लामै रहेर पनि सुलभ बैकिङ्क सेवा उपयोग गर्नबाट बञ्चित कुश्मा नगरपालिका ज्ञादीका जनतालाई मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवाले सहज बनाउने बिश्वास व्यक्त गरे ।

मेगा बैंकका शाखा प्रबन्धक तिवारीले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जानकारी दिए । गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैंयासम्म शाखारहित बैंकिङ्ग सेवामार्फत मेगा सरल कर्जा लगानी गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री