एनएमबिको एफपिओमा आवेदन दिनुभयो ?
एनएमबि बैंकले जारी गरेको एफपिओमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ३० गतेदेखि २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्रीमा ल्याएको थियो ।
असार ३ गतेसम्म सर्वसाधारणहरुलाई मात्र निष्काशन गरेकाेमा न्यून अावेदन परेपश्चात असार ४ गतेदेखि संस्थागत लगानीकर्तालाई समेत बैंककाे एफपिअाे खुला भएको थियो।
असार २७ गतेसम्म ६७ हजार १०५ आवेदकले दुई अर्ब ८८ करोड रुपैयाँ बराबरको एफपिओ माग गरेका छन् । यस तथ्याङ्क अनुसार बैंकले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्तामध्ये ८६ लाख ४८ हजार कित्ता सेयर मात्र विक्री भएको छ ।
बैंकको अझै २७ लाख ६७ हजार कित्ता सेयर अर्झै विक्री हुन बाँकी रहेकाे देखिन्छ । एनएमबि बैंकको एफपिओ निष्काशन तथा बिक्रि प्रबन्धक नागारिक लगानी कोषले सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट विहीबारसम्म पनि सबै एफपिओ विक्री हुने अवस्था नदेखिपछि असार २९ गतेदेखि बैंकको संस्थापकहरुलाई सेयर विक्री गर्ने भएकाे छ ।
असार २८ गतेसम्म आवेदन नपरेको सेयरमा संस्थापक, सञ्चालक तथा तिनका परिवारका सदस्यहरुले असार ३२ गतेसम्म आवेदन गर्न पाउने भएका छन् ।
प्रतिक्रिया