मंगलबार, १३ साउन २०८२

नेप्से परिसूचक सामान्य अंकले घट्यो, कारोबार रकममा पनि कमी

समयपोष्ट २०८२ साउन १२ गते १५:४६

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन १८.५ अंकले ओरालो लागेको नेप्से, सोमबार २.०७ अंक घटेर २९६२.१३ विन्दुमा झरेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन २६.५ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२१ स्टकको १ लाख ७० हजार ७२६ पटकको कारोबारमा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार रुपैयाँबराबरको ४ करोड ४१ लाख २४ हजार कित्ता शेयर किनबेच भएको छ।

सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सान्भि इनर्जीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने ट्रेड टावरको शेयरमूल्य ९.५ प्रतिशतभन्दा माथि उक्लिएको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। यता, विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ८.४९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ९२ करोड ५७ लाख ८२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ७७ करोड र ङादी ग्रुप पावरको ५८ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको छ भने ९ वटाको घटेको छ। व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले सबैभन्दा धेरै उकालो लागेको छ। विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र वित्त उपसमूहको परिसूचक करिब ३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री