कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन
समयपोष्ट
२०८२ साउन १३ गते १६:३९
नेपाली कांग्रेस बागमती प्रदेशले संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन गरेको छ। कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो।
बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोललाई सदस्य राखेर निर्वाचन समिति गठन गरेको छ। यो समितिले संसदीय दलको नेता चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पाएको छ।
प्रतिक्रिया