माओवादी केन्द्रको बैठक आज बस्दै
समयपोष्ट
२०७३ मंसिर १० गते ५:३२
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज प्रचण्ड निवास लाजिम्पाटमा बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा संविधान संशोधन र पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।
बैठकमा सरकारले संविधान संशोधनको अन्तिम तयारी गरिरहको अवस्थामा पार्टीको धारणा बनाउन लागेको हो । भोली बस्न लागेको पोलिटव्युरो बैठकको तयारी र बैठकको एजेन्डासमेत बैठकले टुंगो लगाउने छ ।
प्रतिक्रिया