आइतबार, ६ जेठ २०८१

कांग्रेस र समाजवादीका नेता–कार्यकर्ता माओवादी केन्द्र प्रवेश

समयपोष्ट २०८१ वैशाख २४ गते ९:२६

Advertisement

नेपाली कांग्रेस र एकीकृत समाजवादी लगायत विभिन्न दलका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

कांग्रेसनिकट स्थापित निर्माण व्यवसायी जीतनारायण बिसी, नेपाली कांग्रेसकी महिला नेतृ रञ्जिताकुमारी थापा, स्वास्थ्यकर्मी रिजा बोहरा, लक्ष्मी बोहरा, एकीकृत समाजवादीका सुर्खेत जिल्ला कमिटी सदस्य प्रेम महतरा लगायत कर्णाली प्रदेशका नेता कार्यकर्ता सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री