शुक्रबार, १४ कार्तिक २०८२

नेपाल एसबीआई बैंकले मनायो ३० औं बार्षिकोत्सव

समयपोष्ट २०८० असार २२ गते १७:२४

Advertisement

नेपाल एसबीआई बैंकले शुक्रबार ३० औं बार्षिकोत्सव मनाएको छ ।

सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथसाथै उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए।

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे । प्रमुख संचालन अधिकृत यादवेन्द्र कांतले सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । यसका साथै उक्त अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम समेत गरिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री