भुरुङ तातोपानीमा गरिमा विकास बैंकको एटिएम सेवा
समयपोष्ट
२०८० वैशाख २१ गते १८:०९
गरिमा विकास बैंकले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ०२, भुरुङ तातोपानीमा मुस्ताङ्ग आउने जाने पर्यटकहरुलाई लक्षित गरि एटिएम सेवाको सुभारम्भ गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबिच बैंकका संचालक दिपेन्द्र श्रेष्ठ र उक्त गाउँपालिका अध्यक्ष भरतकुमार पुनले संयूक्त रुपमा एटिएम सेवाको समुद्धघाटन गरे ।
म्याग्दीकै पर्यटकीय स्थल भुरुङ तातोपानी भएर मुस्ताङ आउने जाने पर्यटकहरुलाई गरिमा विकास बैैंकको एटिएम काउन्टरले आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यस विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम साथै डिजि बटुवा, डेविट/क्रेडिट कार्ड लगायतका डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया