माछापुच्छ्रे बैंकको निःशुल्क एमबिएल स्मार्ट बचतखाता, यस्ता छन् विशेषता
माछापुच्छ्रे बैंकले निःशुल्क एम.बि.एल स्मार्ट बचतखाता संचालनमा ल्याएको छ । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले इन्टरनेट बैंकिङ सुविधा, एमबिएल मोबाइल मनी, डेविट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आस्वा सुविधा, अन्तरशाखा कारोबार सुविधा र लकर सुविधामा समेत ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
बैंकका अनुसार खाता खोलेपछि ग्राहकले घरमै बसेर आफ्नो बचतलार्इ मुद्दतीमा रुपान्तरण गर्ने सक्ने छन्। बैंकले यस सुविधा अन्तर्गतको खातामा न्युनतम ५ हजार रुपैयाँ बचत गरेपछि ६ प्रतिशत व्याज दिने जनाएको छ।
बैंकले आफ्ना ग्राहकहरुलार्इ इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता संचालन गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो खाता संचालनमा ल्याएको बताएको छ।
बैंकले ६२ वटा शाखा कार्यालय, ४ वटा एक्सटेन्सन काउन्टर, १४ वटा शाखा रहित बैंकिङ सेवा सहित ८० स्थानबाट सेवा प्रदान गर्दै आएको छ भने ८६ वटा एटिएम संचलनमा ल्याएको छ।
प्रतिक्रिया