मंगलबार, १८ वैशाख २०८१

अजोड ईन्स्योरेन्सको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७८ वैशाख ७ गते १९:२५

Advertisement

अजोड ईन्स्योरेन्स लिमिटेडको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गरेको छ ।

साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरेको छ भने समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पद संख्या २ (दुई) मा पानु दत्त पौडेल र सृजना सुवेदीलाई र्निविरोध चयन गरेको छ ।

साधारणसभाले कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने ,संचालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधासम्बन्धि प्रस्ताव समेत पारित गर्यो । साधारण सभाले स्वतन्त्र विज्ञ संचालक विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन समेत गरेको छ ।

ईन्स्योरेन्सले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।

ईन्स्योरेन्सले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क रु.८८४,३१७,२१८।– (अक्षरेपि अठासी करोड त्रिचालिस लाख सत्र हजार दूई सय अठार मात्र ) संकलन गर्न सफल भएको छ । खुद नाफा रु.४५,६३४,६७१।– (अक्षरेपि चार करोड छपन्न लाख चौतिस हजार छ सय एकहत्तर मात्र ) रहेको यस ईन्स्योरेन्सको बीमाकोषमा रु. ६२,३७२,६५२।– (अक्षरेपि छ करोड तेइस लाख बहत्तर हजार छ सय बाउन्न मात्र ) संचित रहेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३%, खुद नाफामा २४७.३९%, एवं बीमाकोषमा १०४.०८% ले वृद्धि हासिल गर्न ईन्स्योरेन्स सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री