मंगलबार, १८ वैशाख २०८१

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई चिरायु हस्पिटलमा विशेष छुट

समयपोष्ट २०७६ मंसिर २ गते १९:३१

Advertisement

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट बीच सहकार्य हुने भएको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई चिरायु हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले चिरायु हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री