कामना सेवा र इष्टर्न एजेन्सीज बीच सम्झौता
समयपोष्ट
२०७६ भदौ १९ गते १५:३१
कामना सेवा विकास बैंक लिमिटेड र इष्टर्न एजेन्सीज बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजको तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार इष्टर्न एजेन्सीजमार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा इचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।
प्रतिक्रिया