शुक्रबार, २७ असार २०८२

नेपाल एसबिआई र हिमालयन बैंकको साधारणसभाको मिति तय, कति दिदैछन् लाभांश ?

समयपोष्ट २०७५ पुष १० गते १३:४५

Advertisement

नेपाल एसबिआई बैंक र हिमालयन बैंकको साधारणसभाको मिति तय भएको छ । दुबै बैंकले पौष ३० गते वार्षिक साधारणसभा गर्ने भएका छन् ।

एसबिआई बैंकले साधारण सभा प्रयोजनको लागि पुष १८ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । बैंकले २५ औ वार्षिक साधारणसभामा चुक्ता पूँजीको १०.७९ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ । जसअनुसार पौष १७ गतेसम्म कायम बैंकका शेयरधनीले १५.७९ प्रतिशत लाभांस प्राप्त गर्न सक्नेछन् ।

यसैगरी हिमालयन बैंकले २६ औं वार्षिक साधारणसभामा चुक्ता पूँजीको १०.७८ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस शेयरको प्रस्ताव लैजादै छ। साधारणसभा प्रयोजनकालागि बैंकले पौष १६ देखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। पौष १५ गतेसम्म कायम शेयरधनीहरुले १५.७८ प्रतिशत लाभांश प्राप्त गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री