अब विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य, सीमा ३ हजार डलर पुर्याइयाे
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीलाई व्यवस्थित गर्न नयाँ नियम लागू गरेको छ।
बिहीबार जारी एकीकृत निर्देशनमार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशी मुद्रा सटहीका लागि बैंक खाता अनिवार्य गरेको हो।
नयाँ व्यवस्थाअनुसार राहदानीबापतको सटही सुविधा र औपचारिक भ्रमणबापतको सटही सुविधा अब परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरेर मात्र उपलब्ध गराउन सकिनेछ। यसका लागि नयाँ खाता खोल्ने सुविधा समेत प्रदान गरिएको छ। यसअघि यस्तो व्यवस्था नरहेको केन्द्रीय बैंकले जनाएको छ।
त्यस्तै, भारतबाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक ३,००० अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउन सकिने भएको छ। यसअघि यो सीमा २,५०० अमेरिकी डलर थियो।
यो नयाँ व्यवस्थाले विदेशी मुद्रा सटहीलाई थप पारदर्शी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया