बिहीबार, २६ असार २०८२

आईएमई धनवृक्ष जीवन बीमा योजना : वित्तीय सुरक्षाको लागि एक उत्कृष्ठ जीवन बीमा योजना !

प्रायोजित २०८० मंसिर २८ गते ११:२९

Advertisement

लचिलो योजना, आकर्षक छुट, र व्यापक लाभहरूको साथ जीवनलाई सशक्त बनाउँदै, आईएमई धनवृक्ष जीवन बीमा योजना !

वित्तीय योजनाहरुको निरन्तर विकास सँगै, आई.एम.ई लाइफ ईन्स्योरेन्सको धनवृक्ष जीवन बीमा योजना, वित्तीय सुरक्षाका लागि एक उच्चतम् बीमा योजनाको रुपमा ठहरिएको छ । यो जीवन बीमा योजन कुनै साधारण अग्रिम भुक्तानी सावधिक जीवन बीमा मात्र नभई वित्तीय सुरक्षाको लागि एक दूरदर्शी बीमा योजना हो जसले आफ्नो र परिवारको विभिन्न आवश्यकताहरुलाई परिपुर्ती गर्न मद्दत पुर्याउने छ ।

यो बीमा योजना वित्तीय सुरक्षाका साथै पुनरावर्ती लाभ प्रदान गर्न ल्याईएको एक उत्कृष्ठ बीमा योजना हो । १० वर्ष देखि २५ वर्ष सम्म बीमा अवधि रहेको यस अग्रिम भुक्तानी सावधिक बीमा योजनाको बीमा शुल्क अवधि ८ वर्ष देखि २० वर्ष सम्म रहेकोले प्रचलिन बीमालेखहरु भन्दा यो बीमा योजना फरक रहेको छ ।

यस बीमा योजनाका लाभहरू, न्यूनतम आवश्यकताहरू, र यस योजनालाई फरक बनाउने अतिरिक्त विशेषताहरूको बारेमा जानी राखौं ।
यो योजनाको न्यूनतम प्रवेश उमेर १६ वर्ष र अधिकतम प्रवेश उमेर ६० वर्ष सम्म रहेको छ भने बीमालेख परिपक्वता हुने उमेर २६ वर्ष र अधिकत्तम ७० वर्ष निर्धारण गरिएको छ । न्यूनतम बीमाङ्क रकम रु. ५० हजार रहेको यस बीमा योजनाको बीमाशुल्क भुक्तानी तरिका वार्षिक, अर्धवार्षिक, त्रैमासिक रहेको छ ।

Advertisement

अन्य फाइदाहरु
– बीमा अवधी मिति भन्दा अगावै तोकिएको समय अन्तरमा पटक पटक रकम प्राप्त गर्न सकिने ।
– परिपक्व भएपछि बाँकी बीमाङ्क र बोनस ।
– बीमीतको मृत्यु भएमा कुल बीमाङ्क र बोनस हकवालालाई प्रदान गरिने ।
– बीमालेख धितोमा कर्जा सुबिधा प्राप्त गर्न सकिने ।
– कर लाभ ।

पूरक करार सुविधा

क) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit) : अतिरिक्त शुल्क सहित यो एच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म बीमितको दुर्घटनाको कारणबाट शारिरीक चोटपटक लागेर १८३ दिन भित्र बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ वापत एकमुष्ठ भुक्तानी दिईनेछ ।

ख) चालु बीमालेख बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी अशक्तता भएमाः

१) बीमाशुल्क मिनाहा लाभ (Accidental Death Benefit) : यस पूरक करारमा उल्लेखित बीमाङ्क बराबर मूल बीमालेख अन्तर्गत तिर्नुपर्ने बाँकी बीमाशुल्क मिनाहा हुनेछ ।

२) आम्दानी सुविधा (Income Benefit) : यस पूरक करारमा उल्लेखित बीमाङ्कको १% रकम प्रत्येक महिना बीमितलाई भुक्तानी दिइनेछ ।

ग) एकमुष्ठ भुक्तानी लाभ (Lump-Sum Amount Benefit) : अतिरिक्त शुल्क सहित यो एच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म बीमितको दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी अशक्तता भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम एकमुष्ठ भुक्तानी लाभ वापत भुक्तानी दिईनेछ।

घ) काजक्रिया खर्च सुविधा (Funurel Expenses) : अतिरिक्त शुल्क सहित यो एच्छिक सुविधा बीमा अवधि भित्र बीमितको उमेर ७० वर्ष नपुगुन्जेल सम्म बीमितको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम काजक्रिया खर्च एकमुष्ठ भुक्तानी दिइनेछ ।

ङ) घातक रोग (Critical Illness) : अतिरिक्त थप शुल्क सहित बीमितका लागि यो घातक योग पूरक करार योजना ल्याइएको छ । उल्लेखित घातक रोगहरु मध्ये कुनै एक रोगको पहिचान सहित आवश्यक प्रकृया पुरा गरेको अवस्थामा शर्तहरुको अधिनमा रहि न्यूनतम रु. ५० हजार देखि अधिकतम रु. ५० लाख सम्मको उपचार सुविधा एकमुष्ठ प्राप्त गर्न सकिने छ । यो सुविधा बीमा अवधि भित्र बीमितको उमेर ६५ वर्ष नपुगुन्जेल सम्मका लागि मात्र कायम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री