बिहीबार, २७ वैशाख २०८१

महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: भट्टराई

समयपोष्ट २०७९ मंसिर २३ गते १३:५५

Advertisement

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकोे प्रमुख कार्यकारी अधिकृतमा पुन: रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।

शुक्रबार बसेको कम्पनीको ६६ औँ सञ्चालक समितीको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा भट्टराईलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

कम्पनीले पौष १७ गतेदेखि लागु हुँने गरि भट्टराईलाई चार वर्ष अवधिको लागि पुन: नियुक्ति गर्ने निर्णय गरेको हो ।

भट्टराई वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका छन् । भट्टराईसंग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ।

Advertisement

उनले यसअघि बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स लि., नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि, एशियन लाईफ इन्स्योरेन्स कम्पनी लि र महालक्ष्मी विकास बैंक लि मा २२ वर्ष भन्दा बढी अवधि कार्य गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री