सोमबार, ७ जेठ २०८१

पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने सरकारको निर्णय

समयपोष्ट २०८१ वैशाख २७ गते १९:३३

Advertisement

सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री