आइतबार, ६ जेठ २०८१

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न

समयपोष्ट २०८१ वैशाख २३ गते २२:०८

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा शुक्रबार विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको हो ।

साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, व्यस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको मिति २०७९ साल पौष ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को मिति २०७९ साल पौष ६ गतेको नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरण पारित गर्नुका साथै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/०८० को नाफा/नोक्सान हिसाव, नगद प्रवाह विवरणहरु छलफल गरी पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउण्टेण्ट्सलाई लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बिद्यमान चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतका दरले हुने रकम ४६ करोड ६३ लाख ७५ हजार छ ६९७/४६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर वितरण पश्चात् हुने सेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब ०१ करोड १९ लाख ४७ हजार ७९७/४६ रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्नुका साथै हाल कायम चुक्ता पूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको २४.७४ प्रतिशतका दरले हुने रकम १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७/५४ रुपैयाँ नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री