शनिबार, १५ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ मंसिर १८ गते १४:०८

 

Advertisement

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

मंसिर १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री