शुक्रबार, १४ वैशाख २०८१

क्रिसमस तथा नयाँ वर्षको अवसरमा टोयोटाको अपग्रेड क्याम्प

समयपोष्ट २०७८ पुष ७ गते १८:५४

Advertisement

नेपालका लागि टोयोटा गाडीको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले क्रिसमस तथा नयाँ वर्ष २०२२ को उपलक्ष्यमा फेस्टिभ अपग्रेड क्याम्प आयोजना गर्ने भएको छ ।

पुष ८ देखि १२ गते सम्म ललितपुर बखुण्डोलस्थित ग्यालेक्सी अटोमोवाइल्समा चल्ने उक्त अपग्रेड क्याम्पमा ग्राहकले आफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा कोरोला क्रस, राईज र अन्य टोयोटाका मोडलहरुसंग साट्न सक्ने छन् ।

युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

अपग्रेड क्याम्पमा प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन, आकर्षक गिफ्ट प्याकेज लगायतका अफरहरु प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री