शनिबार, ५ जेठ २०८१

नेशनल लाईफको “जीवन श्री सावधिक अमृत बीमालेख” सार्वजनिक

समयपोष्ट २०७८ पुष २ गते १८:२७

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ”जीवन श्री सावधिक अमृत बीमालेख” नामक नयाँ सावधिक बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनी अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गर्नु भएको हो ।

बीमाको अवधि समाप्ति पछि ८० वर्ष उमेर सम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेर पछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफु प्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

यस बीमा लेखवाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चिततता संगै वचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Advertisement

आफ्नो आय श्रोत अनुसार रु.५० हजार देखि माथि सम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने कम्पनीले जनाएको छ ।

मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुनेछ । जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्नेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री