बिहीबार, १ साउन २०८२

हुन्डाईको इलेक्ट्रिक कोना नेपाली बजारमा

समयपोष्ट २०७८ मंसिर २१ गते १०:२८

ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नेपाली बजारमा विगत दुई वर्षदेखि विक्री हुँदै आएको हुन्डाई कोना इलेक्ट्रिक एक सफल क्रसओभर कार हो।

नयाँ इलेक्ट्रिक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएर आएको कम्पनीको दाबी छ।कम्पनीका अनुसार कोनाको इन्टेरियर तथा एक्सटेरियर धेरैवटा अपग्रेड पाउन सकिनेछ।

नयाँ कोनाको ड्राइभिङ रेन्ज बढेको छ भने नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभिटी फिचर थप भएर आएको छ। कम्पनीका अनुसार नयाँ कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राईभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ लगायतका आधुनिक सुरक्षा फिचर दिइएको छ।

एक्सटेरियर हेर्दा हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, नयाँ डेटाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिने कम्पनीले जनाएको छ । अब कोनालाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नयाँ कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्नेछ।

व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कमगरी कोनाको ह्याण्डलिङ उत्कृष्ट बनाएको जनाउँदै कम्पनीले जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्ने दाबी गरेको छ।

कोनामा रहेको ८ इन्चको टचस्क्रीनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राईभिङ एक्सपिरियन्सलाई उच्चस्तरीय बनाउने कम्पनीले जनाएको छ । नेपाली बजारमा कोना इलेक्ट्रीक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइट लगायतका रंगमा उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री