बिहीबार, १ साउन २०८२

एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

समयपोष्ट २०८२ साउन १ गते १७:१०

एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति, र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न एक नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ। यो पोर्टलले ग्राहकहरूलाई लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको जानकारी सहज रूपमा प्राप्त गर्न र खरिद प्रक्रियालाई सरल बनाउन मद्दत गर्ने उद्देश्य राखेको छ।

बैंकले सञ्चालनमा ल्याएको यो अनलाइन पोर्टल (https://auctionassistance.nicasiabank.com) मार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, र स्थान पहिचानका लागि गुगल म्याप सहितका विवरणहरू उपलब्ध छन्। ग्राहकहरूले प्रकाशित सूचनामा रहेको QR कोड स्क्यान गरी यो पोर्टलमा प्रवेश गर्न सक्नेछन्।

थप जानकारीका लागि, ग्राहकहरूले सम्पत्तिको विवरण भएको ठाउँमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर, र सम्पर्क ठेगाना राखी सन्देश पठाउन सक्नेछन्। बैंकले यो पोर्टलमा नियमित रूपमा नयाँ सम्पत्तिहरू र लिलाम सम्बन्धी सूचनाहरू अपडेट गर्ने जनाएको छ।

“यो पोर्टलले ग्राहकहरूलाई लिलाम बिक्री प्रक्रियालाई पारदर्शी र सहज बनाउनेछ। इच्छुक ग्राहकहरूले https://auctionassistance.nicasiabank.com मार्फत विस्तृत जानकारी प्राप्त गरी लाभ लिन सक्नुहुनेछ,” बैंकले एक विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री