आइतबार, ४ साउन २०८२

राष्ट्रिय सभामा एमालेको सचेतकमा गोपाल भट्टराई

समयपोष्ट २०८२ साउन १ गते १७:२१


नेपाल कम्युनिस्ट पार्टी एमालेले राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन गरेको छ। भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त गरिएपछि उनको स्थानमा गोपाल भट्टराईलाई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत गरिएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई साउन १, २०८२ बाट लागू हुने गरी प्रमुख सचेतकको जिम्मेवारी तोकेका छन्। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित भट्टराई रुपन्देहीको तिलोत्तमा नगरपालिकाका बासिन्दा हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री