शुक्रबार, १४ वैशाख २०८१

२५ सय अंकको बिन्दुमा झर्‍यो नेप्से

समयपोष्ट २०७८ मंसिर १६ गते १५:५९

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.०४ अंकले घटेर २५८४.६१ विन्दुमा झरेको छ ।

आज सेयर बजारमा २ सय ३१ कम्पनीका ७ लाख ९३ कित्ता सेयर ३ अर्व ४१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।

आज कारोवार सबैका सवै समुह उपसुचकहरुमा गिरावट आएको छ । घटेकामध्ये निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २४५ अंकको, जीवन बीमा समूहमा २३० र विकास बैंक समूहमा १८९ अंकको गिरावट आएको छ । यस्तै, आज उत्पादनमूलक १४५ , वित्त समूहमा ७५ , होटल र टुरिजम समूहमा ६२ अंकले घटेको छ ।

बजार घटेपनि आज सामलीङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । जससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँले बढे ५०७ रुपैयाँ पुगेको छ । यस्तै, न्यादी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री