मुग्लिङ-नारायणगढ सडक खण्डमा ७ वटा गाडी एकआपसमा ठोक्किए
समयपोष्ट
२०८२ कार्तिक १ गते ७:४६
मुग्लिङ–नारायणगढ सडक खण्ड केही गाडीहरू आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
सडक खण्डको गाईघाटमा ७ वटा गाडी आपसमा ठोक्किन पुगेका हुन् ।
एक ट्रकले यात्रुवाहक बस ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुस्लिनले जनाएको छ ।
बसका चालकको चेपिएको अवस्थामा उद्धार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक र गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया