शुक्रबार, १६ चैत २०८०

शिवम् सिमेन्टसले ३७ लाख कित्ता साधारण सेयर कहिले जारी गर्ला ?

समयपोष्ट २०७४ पुष ४ गते ६:३६

शिवम् सिमेन्टसले कुल जारी पुँजी ३ अर्ब ७० करोड मध्येको १० प्रतिशत अर्थात ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

Advertisement

कम्पनीले पुस २५ गते बोलाएको दोस्रो वार्षिक साधारण सभामा उक्त परिणामको साधारण सेयर निष्कासनको विशेष प्रस्ताव पेश गर्ने छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट उद्योगले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्दैछ ।

धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेको थियो ।

यसै व्यवस्थालाई आधार मानेर कम्पनीले दश प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले प्रिमियम मूृल्यमा आइपीओ निष्कासन गर्न पाउनेछ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री