शुक्रबार, २ जेठ २०८२

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा सामान्य वृद्धि, तेस्रो त्रैमासमा २ करोड २४ लाख कमायो

समयपोष्ट २०८२ वैशाख ३० गते ९:३०

Advertisement

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले सामान्य वृद्धि भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २ करोड १२ लाख रुपैयाँको तुलनामा ५.४६ प्रतिशत बढी हो।

सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण कम्पनीको खुद नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.०२ प्रतिशतले बढेको छ। यद्यपि, कुल नाफा १२.५८ प्रतिशत र कुल आम्दानी ७.४७ प्रतिशतले घटेको छ। साथै, कम्पनीको कुल खर्च समीक्षा अवधिमा १०.४७ प्रतिशतले घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य रूपमा बढेको छ। समीक्षा अवधिमा यो आम्दानी २२ पैसा बढेर ४ रुपैयाँ २८ पैसा पुगेको छ। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात ३७७.२४ गुणा रहेको छ।

Advertisement

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ८७ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री