शुक्रबार, १६ चैत २०८०

१९ हजार भूमिहीनले कहिले पाउछन् लालपुर्जा ?

समयपोष्ट २०७४ पुष ४ गते ६:११

महोत्तरी जिल्लाका २ हजार भूमिहीनलाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् ।

Advertisement

बलवा नगरपालिका र महोत्तरी गाउँपालिकाका दुई हजार ४६१ लालपूर्जाविहीनलाई लालपूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका प्रमुख कमलेशचन्द्रलाल कर्णले जानकारी दिएका छन् ।

बलवाका ७३१ र महोत्तरीका एक हजार ७३० जनालाई लालपूर्जा वितरण गरिएको मञ्चका जिल्ला संयोजक राजकुमार बस्नेतले जानकारी दिए ।

उनीहरुलाई गाउँठाउँमै पुगेर नापी टोली र मञ्चका पदाधिकारीले लालपूर्जा वितरण गरेको १ नं नापी टोली प्रमुख तथा सर्वेयर उमेशलाल कर्णले बताए ।

मञ्चका अध्यक्ष सिनमाया गिरीका अनुसार महोत्तरी जिल्लामा २१ हजार व्यक्ति भूमिहीन छन् । भूमिहीनमध्येका अधिकांश ऐलानी, पर्ती र सार्वजनिक जग्गामा बसोबास गर्दै आएकाले उनीहरुलाई पनि चाडै मञ्च र नापी कार्यालयको सहयोगमा लालपूर्जा वितरण गरिने प्रतिबद्धता गिरिने जनाए ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री