बिहीबार, १३ वैशाख २०८१

सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्छ : प्रचण्ड

समयपोष्ट २०७४ मंसिर २८ गते ५:४०

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर जारी भएको लोकतान्त्रिक संविधान अनुसार नै नयाँ सरकार अघि बढ्ने बताएका छन् । बिहीबार पत्रकार महासंघ चितवनले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि आयोजना गरेको शुभकामना कार्यक्रममा उनले नयाँ सरकार संविधानको भावना अनुरुप अघि बढ्ने  प्रष्ट पारे ।

Advertisement

कार्यक्रममा राजनीतिक स्थायित्व र देश विकासका लागि वामपन्थी शक्तिहरुले ल्याएको एजेण्डालाई नेपाली जनताले अनुमोदन गरेको  दावी गर्दै उनले भने,’जनताले स्थिरता, सुशासन र भष्टाचारमुक्त शासन व्यवस्थाको अपेक्षा गरेको छन्, हाम्रा यिनै एजेण्डालाई जनताले उत्साहजनक ढंगले रेस्पोन्स गर्नुभएको छ । जनअपेक्षा अनुसार आफूलाई खरो उतार्ने छौं ।’

कार्यक्रममा उनले जीवनमा पहिलोपटक निर्वाचन लडेजस्तो अनुभूति भएको समेत बताए । उनले भने,‘पहिलोपटक रोल्पामा चुनाव लड्दा एकपटक मात्रै गएँ, काठमाडौंमा पनि खासै चुनावमा हिँडिनँ । सिरहाको चुनाव प्रचारप्रसारमा पनि खासै जुटिनँ । तर, यसपटक भने चुनावमा हुने सबैखाले तीतामिठा अनुभव गर्न पाएँ, जनतासँग नजिकबाट जनभावना बुझेजस्तो भयो ।

वाम गठवन्धनको उत्साहजनक जीतलाई विश्व समुदायले ध्यानपूर्वक हेरेको बताउँदै  प्रचण्डले वामपन्थीले जित्दा अधिनायकवाद आउँछ भनेर गरिएको प्रचारलाई अन्र्तराष्ट्रिय समुदायले पनि नपत्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री