बुधबार, २९ असोज २०८२

सुनको मूल्यले तोड्यो कीर्तिमान, चाँदीको मूल्यमा भने गिरावट

समयपोष्ट २०८२ असोज २९ गते ११:१०

Advertisement

नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जुन आजको मूल्यले उछिनेको छ।

यसैगरी, चाँदीको मूल्यमा भने गिरावट देखिएको छ।

Advertisement

बुधबारको बजारमा चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार ३२५ रुपैयाँ थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री