जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र, ९ जिल्लामा २० हजारका दरले पहिलो चरणको रकम निकासा
जेनजीहरूको अगुवाइमा भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारले उपचार सहयोग उपलब्ध गराउने भएको छ। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को असोज १२ गतेको निर्णयअनुसार घाइतेहरूको पहिचान र सहज उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आजैदेखि परिचयपत्र वितरणको काम सुरु गरिएको छ।
स्वास्थ्य मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा घाइतेलाई तत्कालका लागि भइपरी खर्चबापत प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ। प्रथम चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुराका घाइतेलाई यो रकम निकासा गरिएको छ।
गृह मन्त्रालयले घाइतेहरूको उपचार र सहयोगलाई प्राथमिकतामा राखी थप व्यवस्था मिलाउने कार्य भइरहेको बताएको छ।
प्रतिक्रिया