बुधबार, १२ वैशाख २०८१

रामशरण महतसँग दुई पटक हार ब्यहोरेका माओ‌वादी नेता हितबहादुर तामाङले तेस्रो पटक मारे बाजी

समयपोष्ट २०७४ मंसिर २४ गते ४:४४

नुवाकोट प्रतिनिधिसभा १ मा वाम गठबन्धनका उम्मेदवार माओ‌वादी केन्द्रका नेता हितबहादुर तामाङले नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतलाई पराजित गर्दै निर्वाचित भएका छन् ।

Advertisement

पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका तामाङ महतलाई ८ हजार ८ सय ५३ मतान्तरसहित विजयी भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत प्राप्त गरेका थिए भने महतले २७ हजार ९ सय २० पाएका छन् । यसअघि २०७० र ०६४ को संविधानसभा निर्वाचनमा महतसँगै हार ब्यहोरेका तामाङले तेस्रो पटकको भिडन्तमा भने बाजी मारेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री