राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय, को-को फिर्ता हुँदैछन् (सूचीसहित)
नेपाल सरकारले पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका र जापानका राजदूतहरूलाई स्वदेश फर्कन निर्देशन दिएको हो।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। फिर्ता बोलाइएकाहरूलाई आगामी कार्तिक २० गतेसम्म स्वदेश फर्कन भनिएको छ।
फिर्ता बोलाइएका राजदूतहरूको सूची:
चीन: प्राध्यापक डा. कृष्ण प्रसाद ओली
जर्मनी: डा. शैल रुपाखेती
इजरायल: प्राध्यापक धनप्रसाद पण्डित
मलेसिया: डा. नेत्र प्रसाद तिमिल्सिना
कतार: रमेश चन्द्र पौडेल
रुस: जंगबहादुर चौहान
साउदी अरब: नरेश विक्रम ढकाल
स्पेन: सनिल नेपाल
संयुक्त अधिराज्य (बेलायत): चन्द्र कुमार घिमिरे
संयुक्त राज्य अमेरिका: लोकदर्शन रेग्मी
जापान: दुर्गा बहादुर सुवेदी
प्रतिक्रिया